नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक यही कात्तिक ७ गते बस्ने भएको छ।
दिउँसो २ बजे बोलाइएको बैठकमा आगामी मंसिर १४ गतेका लागि तय गरिएको उपनिर्वाचनका सन्दर्भमा छलफल हुने जनाइएको छ।
हालसम्म एक प्रतिनिधिसभा सदस्य, तीन प्रदेश सभा सदस्य, एक नगरपालिका प्रमुख, तीन गाउँपालिका अध्यक्ष, एक गाउँपालिका उपाध्यक्ष र ४१ वडाध्यक्ष गरी ५० पद रिक्त छन् । राजनीतिक दलहरुले उपनिर्वाचनका लागि उम्मेदवार तोक्ने क्रम सुरु भइसकेको छ।