भारतको लखनऊमा एक हिन्दुवादी नेताको विभत्स हत्या गरिएको छ। हिन्दु समाज पार्टीका नेता कमलेश तिवारीको घाँटी रेटेर हत्या गरिएको हो। आक्रमणबाट गम्भीर घाइते भएका तिवारीको लखनऊस्थित ट्रमा सेन्टरमा मृत्यु भएको हो।
खुर्सीद बागस्थित पार्टी कार्यालयमा चिया पिउन कार्यकर्ताको रुपमा आएका एक व्यक्तिले मिठाईको बट्टामा लुकाएर ल्याएको चक्कुले आक्रमण गरेका थिए। घटनालगत्तै अभियुक्त फरार भएपनि प्रहरीले मोबाइलको डिटेलका आधारमा अनुसन्धान गरिरहेको जनाइएको छ।
प्रहरीले आक्रमणकारीले गोली र चक्कुप्रहार गरेर हत्या गरेको आशंका गरेको छ ।
नेता तिवारीले ४ वर्षअगाडि पैगम्बर मोहम्मदविरोधी अभिव्यक्ति दिएका थिए। सोहीकारण निकै विवाद भएको थियो भने उनलाई प्रहरीले त्यतिबेला पक्राउ पनि गरेको थियो।