गैरआवासीय नेपाली संघ एनआरएनएको नयाँ नेतृत्वका लागि भएको चुनावको मतगणना भइरहेको छ। गएरातिदेखि सुरु भएको मतगणनामा केहीबेर अघिसम्म ओसिनिया र अफ्रिका क्षेत्रको गणना सकिएको निर्वाचन अधिकृत शिव रिजालले जानकारी दिए।
यी क्षेत्रका १६ सय १० मत गणना सकिँदा कुलप्रसाद आचार्य अगाडि रहेको जनाइएकाे छ। ९ बजेसम्ममा मतगणना सकिने छ। बुधबार अबेर सुरु भएको मतदान भोटिङ मेसिनमा समस्या आएपछि बिहीबार बिहानसम्मका लागि स्थगित गरिएको थियो।
फेरि, बिहीबार मतदाता नामावलीमा विवाद भएपछि मतदान प्रक्रिया ढिलो मात्रै सुरु भएको थियो। सँघको नयाँ अध्यक्षमा कुमार पन्त र कुलप्रसाद आचार्य उम्मेद्वार हुनुहुन्छ। २५ सदस्यीय कार्यसमितिका लागि ७५ जना उम्मेद्वार छन्।