नेपाली कांग्रेसका तर्फबाट निर्वाचित भएका जिल्ला समन्वय समिति प्रमुखदेखि गाउँपालिका अध्यक्षसम्मलाई कांग्रेसले प्रशिक्षण दिने भएको छ।
नेपाली कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले दिन लागेको प्रशिक्षण शुक्रवारदेखि भक्तपुरको मध्यपुर थिमीस्थित कृषि विकास बैंकको तालिम केन्द्र संचालन हुनेछ।
दुई दिनसम्म चल्ने सो प्रशिक्षणमा कांग्रेसबाट गत स्थानीय निर्वाचनमा निर्वाचित गाउँपालिका अध्यक्ष र उपाध्यक्ष, सम्बन्धित गाउँपालिकाका नेपाली कांग्रेसका सभापति र जिल्ला समन्वय समितिका प्रमुख तथा उपप्रमुखहरुको सहभागिता रहनेछ। प्रतिष्ठानका कार्यकारी निर्देशक प्रा. पुरुषोत्तम दाहालका अनुसार कार्यक्रमको उद्घाटन पार्टी सभापति शेरबहादुर देउवाले गर्ने छन्।