कश्मीरबाट बाहिरिएका स्याउमा ‘हामीलाई स्वतन्त्रता चाहियो, पाकिस्तान जिन्दावाद’ जस्ता नारा भेटिएपछि बिक्रेताले त्यहाँका स्याउ बहिस्कार गर्ने चेतावनी दिएका छन्। जम्मु कश्मीर प्रशासनले यस्ता गतिविधिमाथि कारबाही नगरे कश्मीरबाटै स्याउ ल्याउन बन्द गर्ने उनीहरुको भनाइ छ।
जम्मु कश्मीरको कठुवा जिल्लाको थोक बजारबाट आएको स्याउमा कालो अक्षरमा अंग्रेजी र उर्दुमा पाकिस्तान र आतंकवादीसमर्थक नारा लेखिएको भेटिएका थिए। प्रहरीले त्यस्ता नारा लेखिएका स्याउका पेटी बरामद गरेर अनुसन्धान सुरु गरेको जनाइएको छ।
यसैबीच, जम्मु कश्मीरमा पर्यटक तथा तीर्थयात्रीलाई यात्रा अनुमति दिएपछि बुधबार प्रमुख टुर अपरेटर त्यहाँ पुगेका छन्। उनीहरुले त्यहाँ पुगेर कश्मीरको अवस्थाको जानकारी लिएका छन्। पर्यटन राज्यको प्रमुख आयस्रोत भएकाले आगामी सिजनमा पहिलेजस्तै पर्यटक आउने अपेक्षा अपरेटरहरुले गरेका छन्। एजेन्सीको सहयोगमा