विमानस्थलमा तोडफोड गरेकाे भन्दै पक्राउ परेका राजपाका सांसद प्रमाेदकुमार साहकाे रिहाइकाे माग गर्दै साे पार्टीका कार्यकर्ताले जनकपुरमा प्रदर्शन गरेका छन् ।आफ्नो पार्टीका सांसदलाई प्रहरीले पक्राउ गरेपछि नेता कार्यकर्ताहरु विरोधमा उत्रिएका हुन्।
जनकपुर विमानस्थलस्थित बुद्ध एयरको काउन्टरमा तोडफोड गरेपछि मंगलबार काठमाडौं विमानस्थलबाट राजपा सांसद प्रमोदकुमार साहलाई प्रहरीले पक्राउ गरेको थियो। पक्राउ परेका साहलाई जनकपुर नै लगिएकाे छ। जनकपुर विमानस्थलमा तोडफोडपछि विमानस्थल प्रशासनले साहविरुद्ध प्रहरीमा किटाणी जाहेरी दिएको थियो।
यसैबीच राजपा प्रदेश सांसद तथा प्रमुख सचेतक परमेश्वर साहले तत्काल रिहा नगरे आन्दोलनको चेतावनी दिएका छन्। जहाज ढिलो भएको भन्दै उनले हिजाे जनकपुरस्थित बुद्ध एयरकाे काउन्टरमा ताेडफाेड गरेका थिए ।