राष्ट्रपति विद्यादेवी भण्डारीको निमन्त्रणामा शनिवार नेपाल आउने चिनिया राष्ट्रपति सी जिनपिङले नेपालमा करिव बीसघन्टा बिताउने भएका छन्। शनिवार अपरान्ह भारतको चेन्नेइ हुँदै काठमाडौ आउने राष्ट्रपति सी आइतबार मध्यान्ह स्वदेश फर्कने भ्रमण तालिका तय भएको हो।
परराष्ट्र मन्त्रालयका अनुसार चिनिया राष्ट्रपतिलाई शनिवार अपरान्ह चार बजे त्रिभुवन अन्र्तराष्ट्रिय विमानस्थलमा राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी ओलीले स्वागत गर्ने कार्यक्रम छ। सीलाई सोल्टी होटलमा राखिने छ।
चिनियाँ राष्ट्रपति सी र राष्ट्रपति भण्डारीबीच शनिबार नै भेटवार्ता हुनेछ। सी सोही दिन राष्ट्रपति भण्डारीले उनको सम्मानमा आयोजना गर्ने रात्रीभोजमा सहभागी हुनेछन्। आइतबार प्रधानमन्त्री केपी ओली र चिनिया राष्ट्रपति सी को उपस्थितीमा उच्तस्तरीय बैठक हुनेछ।
सो क्रममा आधा दर्जनबढी सम्झौता तथा समझदारीपत्रमा हस्ताक्षर गर्ने तयारी छ। केरुङ काठामडौं रेलमार्गका विस्तृत परियोजना प्रतिवेदन, नेपाल–चीन सुपर्दगी सन्धी, ७६२ मेगावाट क्षमताको तमोर जलविद्युत आयोजना, अद्योगिक पार्क लगायतका परियोजनामा दुई देशबीच छलफल जारी छ। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा लगायतका नेतासँग भेट गरेर राष्ट्रपति सी आइतबार मध्यान्ह स्वदेश फर्कने कार्यक्रम छ।