हिन्दूहरुको महान चाड बडादशैँँको दशमीका दिन आज मान्यजनबाट टीका, जमरा र प्रसाद लगाइँदै छ ।
राष्ट्रपति विद्यादेवी भण्डारी,उपराष्ट्रपति नन्दबहादुर पुन,प्रधानमन्त्री केपी शर्मा ओली,कांग्रेस सभापति शेरबहादुर देउवा र पूर्व राजा ज्ञानेन्द्र शाहले शुभसाइतमा विजया दशमीकाे टीका ग्रहण गरेका छन् । गुरू तथा मान्यजनकाे हातबाट टीका लगाएपछि उनीहरूले पनि अाफन्त तथा सर्वसाधारणहरूलाइ टीका लगाइदिएका छन् ।
पूर्वप्रधानमन्त्री एवं समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले ९० वर्षीय पिता भोजप्रसाद भट्टराईको हातबाट टीका ग्रहण गरेका छन् ।
यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले दाजु तथा भाउजुको हातबाट दशैंको टीका लगाएका छन् ।
पञ्चाङ्ग निर्णायक समितिले टीकाको उत्तम साइत आज बिहान १० बजे ३५ मिनेटका लागि तोकेकाे थियाे । दिनभरी नै टीका लगाउन समय उत्तम रहेकाे जनाइएकाे छ । दशैँँमा दक्षिणाका रुपमा नयाँ नोटका साथै नयाँ कपडा, फलफूल र अन्य सामग्री उपहार दिने पनि चलन हो ।
काठमाडौँ उपत्यकाका सडकमा टीका थाप्न जाने आउनेको चहल पहल शुरु भएको छ । दशैँँको विदा भएको र काठमाडौँ बाहिर दशैँँ मान्न ठूलो सङ्ख्यामा मानिस गएकाले काठमाडाैंको सडक भने प्राय : सुनसान देखिएको छ ।
तस्बिर:रासस