संसद सचिवालयकी महिला कर्मचारीमाथि यौन दुव्र्यबहारको समाचार सार्बजनिक गरेका हाम्रा कुरा डट कमका सम्पादक अजयबाबु सिवाकोटीले अज्ञात नम्बरबाट फोन गरेर आफूलाई बारम्बार धम्की आएको भन्दै आफ्नो सुरक्षाका बिषयमा ध्यानाकर्षण गराएका छन्।
समाचार सार्बजनिक भएलगत्तै अनेक किसिमका धम्की आएको पत्रकार सिवाकोटीले बताएका छन्। उनले आफूमाथि नेकपाका कार्यकर्ताले आक्रमणको योजना बनाएको बताएका छन्।
सामाजिक सञ्जालमा ट्वीट गर्दै उनले सुरक्षा निकाय,राजनीतिक दल, नागरिक समाज र संचारमाध्यमहरुसंग सुरक्षाका बिषयमा ध्यानाकर्षण गराएका छन्। ट्वीट गर्दै उनले भनेका छन् ‘सुरक्षा निकायलगायत सत्तारुढ दल तथा बिपक्षी दलहरुका नेतृत्व, नागरिक समाज र आमसञ्चार माध्यमको पनि मेरो सुरक्षा बिषयमा ध्यानाकर्षण होस्।’