नेकपाका नेता तथा पूर्व सांसद् हरि बैरागी दाहालको निधन भएको छ। हृदयघात भएर अस्पतालमा भर्ना भएका दाहालको आज विहान निधन भएको पारिवारिक स्रोतले जनाएको छ।
गत शुक्रबार हृदयघात भएपछि त्रिवि शिक्षण अस्पताल परिसरमा रहेको मनमोहन कार्डियोलोजि विभागमा भर्ना गरिएको थियो। उनी संखुवासभाका पूर्व सांसद् समेत हुन्। दाहालले २०५१ सालकाे मध्यावधि चुनावमा संखुवासभा २ बाट तत्कालिन एमालेकाे उम्मेदवार बनेर चुनाव जितेका थिए।
पार्थिव शरिरलाई श्रद्धाञ्जलीको लागि पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा राखिने र शुक्रबार दिउँसो नै पशुपति आर्यघाटमा अत्येष्टि गरिने छ।