प्रदेश २ को लोकसेवा आयोग अध्यक्षमा प्रा. डा. सुरेन्द्रप्रसाद यादव नियुक्त भएका छन् । उनले मुख्यमन्त्री लालबाबु राउतको उपस्थितिमा प्रदेश प्रमुख रत्नेश्वरलाल कायस्थले पद तथा गोपनीयताको शपथ गराएका छन् ।
मुख्यमन्त्री राउत नेतृत्वको सिफारिस समितिले यादवलाई ३ साता अघि आयोग अध्यक्षमा नियुक्त गरेको थियो ।
सिराहा औरही गाउँपालिका ५ का यादव सिराहा क्याम्पसको अंग्रेजी भाषाका उप-प्राध्यापकसमेत हुन् ।
यस्तै प्रदेश २ को नीति आयोगको उपाध्यक्षमा प्राध्यापक डा. भोगेन्द्र झा नियुक्त भएका छन् । यादवको शपथ ग्रहण समारोहमै झालाई नीति आयोग उपाध्यक्षको प्रमाणपत्र प्रदान गरिएको थियो ।
यसअघि नीति आयोगको उपाध्यक्षमा डा. हरिवंश झालाई नियुक्त गरिएको थियो । तर, हरिवंश एक सार्वजनिक कार्यक्रममा प्रदेश सरकारको विरोध अभिव्यक्ति सार्वजनिक गरेका थिए ।