पाँचथरमा नेकपाका एक दर्जनभन्दा बढी कार्यकर्ता नेपाली कांग्रेसमा प्रवेश गरेका छन्। नेपाली कांग्रेस फाल्गुनन्द गाउँपालिका ६ द्वारा बिहीबार मेहेलबोटेमा आयोजित कार्यक्रममा उनीहरु कांग्रेसमा प्रवेश गरेका हुन्।
काग्रेस प्रवेश गर्नेमा मानबहादुर आङदेम्बे, अरुणकुमार आङदेम्बे, चन्द्रशेर आङदेम्बे, सुरबहादुर कुरुम्वाङ, टिकाबहादुर आङदेम्बे, मनप्रसाद आङदेम्बे, साल्हाङ आङदेम्बे र विक्रम आङदेम्बे छन्।
नवप्रवेशीलाई नेपाली कांग्रेस पाँचथर जिल्ला सभापति नरेन्द्रकुमार केरुङ, सचिवद्वय रुपनारायण जवेगु र वृजहाङ आङदेम्बे, नेविसंघ जिल्ला उपाध्यक्ष धनकुमार लावती, संगठन विभाग सदस्य विजयहाङ आङदेम्बे लगायत नेताहरुले स्वागत गरेका थिए।
वडा सभापति बेदप्रसाद रिजालको सभापतित्वमा सम्पन्न कार्यक्रममा कांग्रेस जिल्ला सचिब बृजहाङ आङदम्बे र पुराना नेता तथा समाजसेवी मेदिनीप्रसाद रिजाल,वडाध्यक्ष नारायण आङदेम्बे लगायतले बाेल्नु भएकाे थियाे।