नेपाल भ्रमणमा रहेका भारतीय विदेशमन्त्री सब्रमन्यम जयशंकरले बिहीबार राष्ट्रपति विद्या भण्डारीसँग भेटवार्ता गरेका छन् ।
नेपालका लागि भारतीय राजदूत मञ्जीवसिंह पुरीसहितको टोली लिएर जयशंकर शीतलनिवास पुगेका थिए । नेपाल-भारत संयुक्त आयोगको बैठकमा सहभागी हुन उनी हिजो नेपाल आएका थिए । जयशंकरले हिजै प्रधानमन्त्री केपी ओलीसँग भेटवार्ता गरेका थिए । उनी आजै स्वदेश फर्कने कार्यक्रम छ ।