उच्च अदालत पोखराका न्यायाधीश जीवनहरि अधिकारीले आफ्नो पदबाट राजीनामा दिएका छन्। न्यायाधीश अधिकारीले न्याय परिषद्मार्फत प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरासमक्ष राजीनामा दिएकाे न्याय परिषद्का प्रवक्ता मानबहादुर कार्कीले जानकारी दिए।
प्रवक्ता कार्कीका अनुसार राजीनामा पत्रमा घरायसी समस्या भएको कारण पदबाट राजीनामा दिएको उल्लेख छ। घरायसी समस्याका कारण राजीनामा दिएको भनिए तापनि गोर्खा ब्रुअरीको अन्तःशुल्कको मुद्दामा क्षेत्रधिकार विवाद भएपछि उनी छानबिनमा परेका थिए।
न्याय परिषद्ले उक्त विवादसम्बन्धमा सर्वोच्च अदालतका न्यायाधीश सपना मल्ल प्रधानको नेतृत्वको छानबिन समितिसमेत गठन गरेको थियो।उनले ४० वर्ष न्याय सेवामा काम गरिसकेका छन्।