नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालले सबै विकल्प अन्त्य गरी पार्टी एकता गरेको बताएका छन् । उनले पार्टी एकतालाई सुदृढ गर्नुको विकल्प नभएको समेत बताएका छन् ।
राष्ट्रिय चिकित्सक संघ र नेपाल प्रगतिशील चिकित्सक संघले काठमाडौंमा शनिबार गरेको कार्यक्रममा उनले अब एकता सुदृढ नभए देश सफल नहुने र कम्युनिस्ट आन्दोलन पनि सफल नहुने बताए ।
‘कहिलेकाहीँ यसो (पार्टी एकता) नगरेको भए बरु कहीं न कहीं विकल्प रहिराख्थे कि भन्ने पनि लाग्छ, सबै विकल्प सकेर हामी सफलता प्राप्त गर्न सकेनौं भने कम्युनिस्ट आन्दोलन र राष्ट्रकै भविष्य बरबाद पार्ने हो कि भन्ने चिन्ता छ,’ उनले भने ।