नेत्रबिक्रम चन्द विप्लबका जनसरकार प्रमुख नेपाली कांग्रेसका प्रबेश गरेका छन्।
पोखरामा आजदेखि शुरु भएको नेपाली कांग्रेसको प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रमको उद्घाटन कार्यक्रममा विप्लबका कास्की जनसरकार प्रमुख रामकाजी गुरुङ्ग कांग्रेसमा प्रबेश गरेका हुन्।
गुरुङ्गलाई नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको सदस्यता प्रदान गरेका थिए। नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति विमलेन्द्र निधि, पूर्बमहामन्त्री कृष्णप्रसाद सिटौला लगायतका नेताहरुले गुरुङ्गलाई स्वागत गरेका थिए।
गुरुङ्ग कास्कीका पूर्ब माओवादी नेतासमेत हुन्। गुरुंग सँगै विप्लब समूहका केही युवा नेताहरु पनि आजै कांग्रेस प्रबेश गरेका छन्।