प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले उपनिर्वाचनको तयारी गर्ने निर्णय गरेको छ ।पार्टी कार्यालय सानेपामा बुधबार बसेको काग्रेस केन्द्रीय कार्यसमिति बैठकले मंसिर १४ गते हुने उपनिर्वाचनका बारेमा छलफल गर्दै यसको तयारीमा जुट्ने निर्णय गरेको हो ।
बैठकमा उपनिर्वाचनका बारेमा निर्वाचन आयोगमा भएको छलफलका बारेमा प्रतिनिधिहरुले जानकारी गराएको केन्द्रीय सदस्य प्रदीप पौडेलले जानकारी दिए ।
त्यस्तै बैठकमा अनुशासन समितिको प्रतिवेदन प्रस्तुत गरिएको छ । समितिका संयोजक भिष्मराज आङ्दाङबेले उक्त प्रतिवेदन पेश गरेकाे र त्यसमाथि केन्द्रीय सदस्यहरुले धारणा राखेको पौडेलले जानकारी दिए ।अनुशासन समितिको प्रतिवेदनमाथिको छलफल सकिएपछि अर्को बैठकमा अन्य बिषयमा छलफल हुने काग्रेसले जनाएको छ ।