पाकिस्तानले ७३औँ स्वतन्त्रता दिवस मनाएको छ । स्वतन्त्रता दिवसका अवसरमा नेपालस्थित पाकिस्तानी दूतावासले बुधबार आफ्नो परिसरमा विशेष कार्यक्रमबीच झण्डोत्तलन गरेको छ ।
७३ वर्षअघि तात्कालीन भारतबाट छुट्टिएको पाकिस्तानले हरेक बर्ष १४ अगस्टलाई आफ्नो स्वतन्त्रता दिवसका रुपमा मनाउँदै आएको छ ।
दूतावासमा आयोजित कार्यक्रममा पाकिस्तानी प्रधानमन्त्री इमरान खानले पाकिस्तानी जनतामा सुख शान्ति र खुसी बाँड्दै विश्वभर बन्धुत्व र भाइचाराको कामना गरेको शुभकामना सन्देश सुनाइएको थियो ।
प्रधानमन्त्रीको शुभकामना सन्देशमा राष्ट्रिय एकता र सर्वाभौमिकताका लागि सबै पाकिस्तानी एक हुनुपर्ने उल्लेख छ । नेपाल सरकारले पनि पाकिस्तानको ७३औ स्वतन्त्रता दिवसका अवसरमा त्यहाँको सरकारलाई शुभकामना दिएको छ ।