Main Menu
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाज
  • अर्थ
  • प्रदेश
    • प्रदेश न. १
    • प्रदेश न. २
    • प्रदेश न. ३
    • प्रदेश न. ४
    • प्रदेश न. ५
    • प्रदेश न. ६
    • प्रदेश न. ७
  • विचार
  • खेलकुद
  • कला
  • अन्य
    • अन्तर्वार्ता
    • फोटोफिचर
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • विदेश
    • शिक्षा
    • स्वास्थ्य / जीवनशैली
    • ती दिन
    • पर्यटन
    • भिडियो
Sunday, December 08, 2019 | आइतबार, मंसिर २२, २०७६
  • मुख्य समाचार
  • राजनीति
  • विचार
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाज
  • अर्थ
  • प्रदेश
    • प्रदेश न. १
    • प्रदेश न. २
    • प्रदेश न. ३
    • प्रदेश न. ४
    • प्रदेश न. ५
    • प्रदेश न. ६
    • प्रदेश न. ७
  • विचार
  • खेलकुद
  • कला
  • अन्य
    • अन्तर्वार्ता
    • फोटोफिचर
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • विदेश
    • शिक्षा
    • स्वास्थ्य / जीवनशैली
    • ती दिन
    • पर्यटन
    • भिडियो
Search here
राजनीति
  • गृहपृष्ठ
  • राजनीति
नेकपालाई स्कुल विभाग ‘भालुको कन्पट’ भयाे नारायणकाजी श्रेष्ठ र ईश्वर पोखरेलको मात्र दाबी रहेको स्कुल विभाग प्रमुखमा ८ नेताको दाबी, सचिवालय बैठक सर्‍यो, विभागको नेतृत्व टुंग्याउन अध्यक्ष केपी ओलीको गृहकार्य
स्पेसखबर
स्पेसखबर काठमाडौं, २८ साउन
नेकपालाई स्कुल विभाग ‘भालुको कन्पट’ भयाे

तत्कालीन नेकपा एमाले र एमाओवादीबीच पार्टी एकीकरणपछि जन्मेका बिवादमध्ये केही मत्थर भए केही उस्तै छन्। दुई पार्टी एक बनाउने काममा जुटेका दुई अध्यक्ष केपी ओली र पुष्पकमल दाहाल अहिले जटिल मोडमा आइपुगेका छन्।

विभिन्न विभाग, तहको नेतृत्व बाँडफाँडमै अल्झिएको नेकपा स्कुल विभागको नेतृत्व भने भालुको कन्पट भएकाे छ। जसका नेतृत्वका लागि सुरुवातीमा तत्कालीन एमालेका ईश्वर पोखरेल र एमाओवादीका नारायणकाजी श्रेष्ठ प्रमुख दाबेदारका रुपमा अघि आएका थिए।

अहिले भने स्कुल विभागको नेतृत्वका लागि ८ नेताले दाबी गरेका छन्। यसले पनि झल्काउँछ व्यक्ति कति पद लोलुप छ भन्ने।

नारायणकाजी र ईश्वरको दाबीबीच घनश्याम भुसालले पनि दाबी गरे। त्यसमा झलनाथ खनाल झन् के कम उनले पनि स्कुल विभागको जिम्मेवारी आफैंले पाउनुपर्ने दाबी पेस गरे। विभिन्न व्यक्तिसँगको कुराकानी तथा आफ्नो भाषणमा आजभोलि उनले भन्ने गरेका छन्, 'स्कुल विभाग प्रमुख बनाइए जिम्मेवारी लिन तयार छु।'

मौखिक, लिखित सुझाव संकलनका क्रममा नेकपा महासचिव विष्णु पौडेलसमक्ष युवराज ज्ञवाली, वेदुराम भुसाल, देवेन्द्र पौडेल र राम कार्कीले पनि स्कुल विभागको नेतृत्वमा रुचि देखाएकाे छन्।

यसरी स्कुल विभागको प्रमुखको दाबेदारमा नारायणकाजी श्रेष्ठ, ईश्वर पोखरेल, घनश्याम भुसाल, झलनाथ खनाल, वेदुराम भुसाल, देवेन्द्र पौडेल, राम कार्की र युवराज ज्ञवाली गरी ८ जना देखिएकाे हुन् ।

यी दावेदारमध्ये वेदुराम र युवराज यसअघि नै तत्कालीन एमालेमा स्कुल विभाग प्रमुख भइसकेका नेता हुन्। घनश्याम भने तत्कालीन एमालेको स्कुल विभाग उपप्रमुख भएका नेता हुन्।

सचिवालय सदस्यहरुले नै बिभागीय प्रमुखमा दाबी गरेपछि नेकपाभित्र एकथरी नेताहरुले सचिवालयका कुनै पनि नेतालाइ बिभागकाे प्रमुख बनाउन नहुने तर्कसमेत शुरु भएकाे छ।  

कार्यविभाजन कहिले ?

नेकपा नेताहरुको कार्य विभाजनलगायत एकीकरणका बाँकी काम टुंगो लगाउन भोलि (बुधबार) केन्द्रीय सचिवालय बैठक बस्ने भएको छ। तर, यसले निकास निकाल्ला भन्ने पार्टी नेतृत्वसँग पनि विश्वास छैन। अध्यक्ष केपी ओलीले शीर्ष नेताहरुसँग परामर्श गर्न समय चाहिएकाले आज (मंगलबार) बस्ने भनिएको बैठक भोलिका लागि सारिएको महासचिव पौडेलले जनाए।

उनका अनुसार बैठकमा उनी आफैंले कार्य विभाजनको प्रस्ताव पेस गर्ने तयारी छ। पौडेलले यसबीचमा स्थायी कमिटी तथा केन्द्रीय कमिटी सदस्यहरुसँग तीन विकल्पसहित आफूले जिम्मेवारी लिन चाहेको विभाग, भूगोल वा जनसंगठनको रुचिबारे लिखित तथा मौखिक सुझाव संकलन गरेका छन्। पौडेलले आएका सुझाव अध्यक्षद्वय ओली र दाहाललाई सुनाइसकेका छन्। पार्टीको कार्यविभाजन कहिले भन्ने निर्क्योल नहुँदा नेता-कार्यकर्तामा निराशा छाएको छ।

ओलीले थाले परामर्श

सिंगापुरबाट एक साताको स्वास्थ्य उपचार गरी स्वदेश फर्किएलगत्तै नेकपा अध्यक्ष ओलीले राजनीतिक सक्रियता बढाएका छन्। पार्टीमा विभाग प्रमुखहरुको टुंगो लगाउनुअघि ओलीले शीर्ष नेताहरुसँग परामर्श थालेका हुन्। अर्का अध्यक्ष दाहालसहित माधव नेपाल, महासचिव पौडेल र वामदेव गौतमलगायत नेताहरुसँग ओलीले परामर्श थालेको स्रोतको भनाइ छ। आज दिनभरको प्रयासपछि भोलि (बुधबार) सचिवालय बैठकले जिम्मेवारी बाँडफाँड टुंगो लगाउने बताइएकाे छ।

पूर्वएमालेको भागमा परेको १८ र पूर्वमाओवादीको भागमा परेको १४ विभागको जिम्मेवारीको विषय पेचिलो बन्दै गएपछि सचिवालय बैठक पटक-पटक सर्दै आएको थियो ।

प्रकाशित मिति: मंगलबार, साउन २८, २०७६, ०३:०३:००
स्पेसखबर
स्पेसखबर @spacekhabar
लेखकबाट थप
  • चितवनमा साँझ भएकाे अटो दुर्घटनामा पाँच जनाको मृत्यु
  • विदेशीसहित भरियाको मृत्यु
  • सभापति देउवा भन्छन् ‘ चुनाब जित्न अन्तरघातीलाई कारबाही गर्नैपर्छ’
  • विभिन्न ३६ विधामा एफक्यान एक्सिलेन्स अवार्ड वितरण, शहीद गौचनलाई ग्लोरी अवार्ड
  • जनतालाई कम्युनिष्टकाे भरोसा छैन : पाैडेल
  • मिचिएको भूमि फिर्ता ल्याउन कूटनीतिक र राजनीतिक पहल जारी :मन्त्री बाँस्काेटा
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित शिर्षक
सभापति देउवा भन्छन् ‘ चुनाब जित्न अन्तरघातीलाई  कारबाही गर्नैपर्छ’
सभापति देउवा भन्छन् ‘ चुनाब जित्न अन्तरघातीलाई कारबाही गर्नैपर्छ’
जनतालाई कम्युनिष्टकाे भरोसा छैन :  पाैडेल
जनतालाई कम्युनिष्टकाे भरोसा छैन : पाैडेल
मिचिएको भूमि फिर्ता ल्याउन कूटनीतिक र राजनीतिक पहल जारी :मन्त्री बाँस्काेटा
मिचिएको भूमि फिर्ता ल्याउन कूटनीतिक र राजनीतिक पहल जारी :मन्त्री बाँस्काेटा
हवाई क्षेत्रको सुरक्षा र गुणस्तर प्राथमिकतामा : पर्यटनमन्त्री भट्टराई
हवाई क्षेत्रको सुरक्षा र गुणस्तर प्राथमिकतामा : पर्यटनमन्त्री भट्टराई
चुनाव हारेका वामदेव गाैतमकाे प्रधानमन्त्री बन्ने  हुटहुटी
चुनाव हारेका वामदेव गाैतमकाे प्रधानमन्त्री बन्ने हुटहुटी
सरकार नसच्चिए दुईतिहाई ढाल्न काठमाडौंका जनता सडकमा आउने जोशीको चेनावनी
सरकार नसच्चिए दुईतिहाई ढाल्न काठमाडौंका जनता सडकमा आउने जोशीको चेनावनी
  • ताजा समाचार
  • ट्रेण्डिङ
चितवनमा साँझ भएकाे अटो दुर्घटनामा पाँच जनाको मृत्यु
चितवनमा साँझ भएकाे अटो दुर्घटनामा पाँच जनाको मृत्यु
विदेशीसहित भरियाको मृत्यु
विदेशीसहित भरियाको मृत्यु
सभापति देउवा भन्छन् ‘ चुनाब जित्न अन्तरघातीलाई  कारबाही गर्नैपर्छ’
सभापति देउवा भन्छन् ‘ चुनाब जित्न अन्तरघातीलाई कारबाही गर्नैपर्छ’
विभिन्न ३६ विधामा एफक्यान एक्सिलेन्स अवार्ड वितरण, शहीद गौचनलाई ग्लोरी अवार्ड
विभिन्न ३६ विधामा एफक्यान एक्सिलेन्स अवार्ड वितरण, शहीद गौचनलाई ग्लोरी अवार्ड
जनतालाई कम्युनिष्टकाे भरोसा छैन :  पाैडेल
जनतालाई कम्युनिष्टकाे भरोसा छैन : पाैडेल
मिचिएको भूमि फिर्ता ल्याउन कूटनीतिक र राजनीतिक पहल जारी :मन्त्री बाँस्काेटा
मिचिएको भूमि फिर्ता ल्याउन कूटनीतिक र राजनीतिक पहल जारी :मन्त्री बाँस्काेटा
हवाई क्षेत्रको सुरक्षा र गुणस्तर प्राथमिकतामा : पर्यटनमन्त्री भट्टराई
हवाई क्षेत्रको सुरक्षा र गुणस्तर प्राथमिकतामा : पर्यटनमन्त्री भट्टराई
सैनिक पोशाक बिक्री वितरण गर्न नपाइने
सैनिक पोशाक बिक्री वितरण गर्न नपाइने
धरानमा कांग्रेस ऐतिहासिक जित उन्मुख 1
धरानमा कांग्रेस ऐतिहासिक जित उन्मुख
प्रचण्ड–देउवाको अर्थपूर्ण भेटघाट 2
प्रचण्ड–देउवाको अर्थपूर्ण भेटघाट
कांग्रेस बैठक मंसिर २६ गते  बस्दै,  उपनिर्बाचनको समीक्षा र भातृसंस्थाको नेतृत्वबारे छलफल हुने 3
कांग्रेस बैठक मंसिर २६ गते बस्दै, उपनिर्बाचनको समीक्षा र भातृसंस्थाको नेतृत्वबारे छलफल हुने
विश्वप्रकाशले भने– परिवर्तनको पक्षमा उभिने धरानलाई बधाइ 4
विश्वप्रकाशले भने– परिवर्तनको पक्षमा उभिने धरानलाई बधाइ
निर्वाचन अधिकृतले बदर मत सदर गरी नेकपालाई जिताउन खोजेको कांग्रेसको आरोप 5
निर्वाचन अधिकृतले बदर मत सदर गरी नेकपालाई जिताउन खोजेको कांग्रेसको आरोप
सूचना - प्रविधि थप
सुर्खेतको रातानाङ्लामा अत्याधुनिक राडार सुर्खेतको रातानाङ्लामा अत्याधुनिक राडार
फेसबुक र गुगल मानव अधिकारका लागि खतराः एमनेष्टी
अब मन्जुरीबिना एसएमएस गरी विज्ञापन गर्न नपाइने
ग्लोबल थप
विदेशी अस्पतालमा कोमामा रहेका नेपालीलाई स्वदेश ल्याइदैं विदेशी अस्पतालमा कोमामा रहेका नेपालीलाई स्वदेश ल्याइदैं स्पेसखबर श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टको अध्यक्षतामा आइतबार बसेको वैदेशिक रोजगार बोर्डको सचिवालय बैठकले कोमामा रहेका नेपाली कामदारलाई स्वदेश ल्याएर उपचार गर्न आवश्यक व्यवस्था मिलाउन सरोकारवाला पक्षको सहभागितामा ...
भारतमा एक नेपालीको हत्या
भारतमा एक नेपालीको हत्या स्पेसखबर
नेपाली मूलका शर्मा दुईतिहाइ मतसहित मेयरमा निर्वाचित
नेपाली मूलका शर्मा दुईतिहाइ मतसहित मेयरमा निर्वाचित स्पेसखबर
सम्पर्क

लिवरल मिडिया प्रा.लि.

काठमाडौं - २९, अनामनगर

सूचना विभाग दर्ता नं. १०९८/०७५–७६

टेलिफोन

+977-1-57 055 62

ईमेल ठेगाना

spacekhabar@gmail.com
marketing.spacekhabar@gmail.com
हाम्रो टीम
सम्पादक रामजी दाहाल
बरिष्ठ संवाददाता मुक्तिबाबु रेग्मी भिम थापा
संवाददाता विनिल बस्नेत
प्रदेश प्रतिनिधि कुमोद अधिकारी (विराटनगर) रोहित कुमार महतो (जनकपुर) शिवकुमार रिजाल (हेटौंडा) बिक्रम खड्का (बुटवल) श्रवण देउवा (धनगढी)
ग्लोबल सुरेशचन्द्र पोखरेल (अमेरिका) शिशिर ढकाल (अष्ट्रेलिया) पुष्प थापा (जर्मनी) सन्दर्भ आचार्य (जापान)
मेनु
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थ
  • प्रदेश
  • विचार
  • खेलकुद
  • भिडियो ग्यालरी
सोसल मिडिया
Facebook Twitter YouTube Google+
© स्पेसखबर प्रा.लि.. -2019 All rights reserved. Site by: SoftNEP