भारतीय पूर्व विदेशमन्त्री सुस्मा स्वराजको निधनप्रति नेपालका राजनीतिक दलका नेताहरुले दुःख व्यक्त गरेका छन्।
प्रधानमन्त्री केपी शर्मा ओलीले स्वराजको निधनको खबर सुनेर आफू स्तब्ध भएको उल्लेख गर्दै भारत सरकार र उनको परिवारजनप्रति समवेदना व्यक्त गरेका छन्।
पूर्ब प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले स्वराजको निधनबाट नेपालले एक असल मित्र गुमाउनु परेको उल्लेख गरेका छन्।
यसैगरी पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले स्वराजको निधनले आफू स्तब्ध भएको उल्लेख गर्दै भट्टराईले उनलाई उच्चस्तरीय राजनेताको रुपमा सम्झिइने बताएका छन्।
नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले नेपालमा लोकतन्त्रका लागि भएको आन्दोलनमा स्वराजको साथ र समर्थन रहेको स्मरण गर्दै उनको निधनबाट भारतका लागि मात्र नभई नेपालको लागि समेत क्षति पुगेको उल्लेख गरेका छन्।
यसैगरी, परराट्र मन्त्री प्रदिप ज्ञवालीले पनि स्वराजप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन्।स्वराज एक प्रतिवद्धता सहितकी दुरदृष्टी नेतृ भएको ज्ञवालीले उल्लेख गरेका छन्।