नेपाली कांग्रेसले बाढी पहिरोबाट २४ जनाको ज्यान गएको भन्दै दु:ख व्यक्त गर्दै शोक सन्तप्त परिवारमा गहिरो समवेदना प्रकट गरेको छ।
आज बसेको केन्द्रीय कार्यसमिति बैठकले बाढी पहिरो पीडितहरुको उद्धार तथा राहत वितरण कार्यमा जुट्न पार्टीपंक्तिलाई निर्देशन दिएको छ । साथै विभिन्न स्थानिय निकायसँग समन्वय गरी राज्यका सबै निकायलाई युद्धस्तरमा परिचालन गर्न पनि कांग्रेसले सरकारको ध्यानाकर्षण गराएको छ।
प्राकृतिक विपतको यस घडीमा आम नेपाली नागरिकलाई उच्च सतर्कता अपनाउन आग्रह गर्दै विपत व्यवस्थापनमा जुटन अपिल गरेको छ । आजको बैठकमा पार्टी नियमावली २०७६ को विषयमा केन्द्रित रही छलफल भएको छ ।केन्द्रीय समितिको अर्काे बैठक २९ गते आइतबार विहान ११ बजे बस्ने सो पार्टीले जनाएको छ ।