नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले आफ्ना मन्त्रीहरुलाई सम्हाल्न प्रधानमन्त्रीलाई चेतावनी दिएका छन्।प्रवक्ता शर्माले प्रधानमन्त्री केपी शर्मा ओलीलाई मेन्सन गर्दै ट्वीट गरेका छन्, मन्त्रीहरुलाई सम्हाल्नुहुुन्छ कि लगाम उपहार पठाउँ ?
सरकारका प्रवक्ता गोकुल बास्कोटाले कांग्रेसको धारणा माग्दै दिनभरि वीपी, रातभरि विप्लव हो भनेर सोधेपछि काँग्रेस प्रवक्ताले प्रधानमन्त्रीलाइ उक्त चेतावनी दिएका हुन् ।
प्रवक्ता शर्माले काँग्रेस केहीले पनि हिंसाको पक्षमा नरहेको स्पष्ट पार्दै विप्लव समूहले हिंसा छोड्नुपर्ने र सरकारले पनि वार्ताबाट समाधान खोज्नुपर्ने कांग्रेसको प्रष्ट धारणा रहेको बताए । बुधबार मात्र कांग्रेसले विज्ञप्ति जारी गर्दै दुबै पक्षलाई वार्ताबाट समस्याको समाधान खोज्न चेतावनीसहितको अपिल गरेको थियो ।