प्रतिवन्धित विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले प्रहरीकै सुरक्षामा स्वास्थ्य शिविर गरेको छ। पार्टी महासचिव विप्लवकै गाउ कपिलवस्तुस्थित शिवगढी नपा ३ भगवानपुरको नेपाल राष्ट्रिय आधारभूूत बिधालयको प्रागंणमा शिविर भएको हो।
शिविरको आयोजना सहिद स्मृति प्रतिष्ठानका नाममा भनिए पनि कार्यक्रम पार्टीकै भएको स्रोतले जनाएको छ। प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टी निकट अखिल जनस्वास्थ्यकर्मि महासंघले कार्यक्रमको ब्यवस्थापन गरेको थियो।
कार्यक्रममा विप्लवकै पुत्र प्रकाश चन्दको बिशेष भुमिका थियो। चन्द हाल अर्थो सर्जन अध्ययन गर्दै गरेका चितवन मेडिकल कलेजका विद्यार्थी पनि हुन। राज्यको उपस्तिथि शुन्य प्राय रहेको ठाउँमा स्वास्थ शिविरको संचालन गरेर जनतालाई थोरै भए पनि राहात महशुस गराउन खोजेको जनस्वास्थ्यकर्मी महासघको महासचिव समेत रहेका विप्लवका पुत्र प्रकाशले स्पेसखबरसँग भने।
असार ७ र ८ गते २ दिनसम्म चलेको स्वास्थ शिविरमा गाईनो, बालरोग, हाडजोर्नी, छाला तथा यौनरोग, नाक कान तथा घाटी, प्रयोगशाला लगायतका बिभागहरुबाट बिरामी जाच गरिएको थियो, पहिलो दिन १ हजार ५० जना बिरामी स्वास्थ जाचको लागि आएका थिए भने दोस्रो दिन १५ सय भन्दा धेरै जना बिरामीहरु चेकजाँच गरेका थिए। स्वास्थ्य शिविर भएको स्थान भन्दा वाहिर प्रहरीहरु खटिएका थिए।
उनीहरुले शिविर सहज रुपमा संचालन गर्नका लागि सुरक्षा प्रदान गरेका थिए। प्रतिवन्धीत पार्टीले खुलारुपमा कार्यक्रम गरे पनि सरकारी निकायले भने पत्तो नै नपाए जस्तो देखिएको छ।
यता जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रमुख दिप शंसेर जवराले भने विप्लवले नभई चितवन मेडिकल कलेजको टिमले गरेको बताए।
उनले विप्लवका छोराको समेत सहभागीता रहेका कारण पार्टीलाई जोडिएको हुनसक्ने तर्क गरे।