नेकपा प्रदेश ५ का इन्चार्ज एवम स्थायी कमिटी सदस्य शंकर प्रसाद पोख्रेलले नियोजित रुपमा सरकार विरुद्धको अभियान चलाइएको आरोप लगाएका छन्।
२६ औ मदन आश्रित दिवसका अवसरमा नेकपा कपिलवस्तुद्धारा शुक्रबार कपिलवस्तुमा आयोजित अगुवा कार्यकर्ता प्रशिक्षण एवम जिल्ला नेताहरुको सपथ समारोहलाई संवोधन गर्दे उनले नेकपाको सरकार गलत काम गरेर जनतावाट आलोचित नभएपनि नियोजित गलत प्रचारका कारण भ्रम सिर्जनागर्न खोजिएको बताए ।
प्रदेश ५का मुख्य मन्त्री समेत रहेका पोख्रेलले सिण्डीकेट अन्तगर्न खोज्नु ,काम नगर्ने ठेकेदारमाथि कारवाही थाल्नु,सरकारी जग्गा कब्जा गर्नेहरुमाथि छानविन थाल्नु,वैदेशिक रोजगारमा ठगी गर्ने ब्यवसायीलाई कारवाहीको दायरामा ल्याउन सरकार सफल भएको बताए । उनले गलत प्रचार विरुद्ध कडारुपमा उत्रन कार्यकर्तालाई निर्देशन समेत दिए ।
कार्यक्रममा कृषि तथा पशुपंक्षी मन्त्री चक्रपाणी खनाल 'वलदेव'ले जनजीविकामा देखिनेगरी परिवर्तन गर्न कम्युनिष्ट सरकार बनेको बताए ।
त्यस्तै पूर्व सभामुख एवम नेकपाका प्रदेश ५ अध्यक्ष ओनसरी घर्तिले संविधानले सुनिश्चित गरेको समाजवाद जनताको घर हुदै समाजको सबै क्षेत्रमा सुनिश्चिित गर्न केहि समय लाग्ने औल्याइन ।
कार्यक्रममा स्वर्गिय नेत्राद्धेय प्रति श्रद्धाञ्जली प्रकट गर्दै तस्वीरमा माल्यार्पण गरिएको थियो । जिल्ला कमिटीका १५५ सदस्य, प्रदेश कमिटीका डेढ दर्जन सदस्य सहितका करिव २ सयवढी अगु्वा कार्यकर्ताको प्रशिक्षमा सहभागिता थियो ।