प्रदेश नं. १ का मुख्यमन्त्री शेरधन राईले बारा र पर्सा जिल्लाको हावाहुरी प्रभावितको लागि एक करोडको चेक मुख्यमन्त्री लालबाबु राउतलाई हस्तान्तरण गरेका छन्।
मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा साेमबार आयोजित कार्यक्रममा प्रदेश १ का मुख्यमन्त्री राईले उक्त सहयाेग हस्तान्तरण गरेका हुन्।
कार्यक्रममा मुख्यमन्त्री राउतले प्रदेश १ को सहयोगप्रति आभार व्यक्त गरे । मुलुक संघीय संरचनामा गएपछि प्रदेश प्रदेश बीचको सहकार्य र सम्बन्धमा मजबुत बनाउने आधार प्रारम्भ गरेको उनकाे भनाइ थियाे ।
गत चैत १८ गते बारा तथा पर्सामा आएको हावाहुरीका कारण २९ जनाको मृत्यु भएको थियो भने करोडौंको भाैतिक क्षति भएको थियो ।