नेपाल राष्ट्र बैंकले आज सार्वजनिक बिदा भए पनि नगद कारोबार, चेक क्लियरिङलगायत अति आवश्यक सेवा प्रदान गर्न बैंकहरू खुलाउन आग्रह गरेको छ ।
नेपाल राष्ट्र बैंकले सूचना निकालेर बिहान १० बजेदेखि दिउँसो साढे १ बजेसम्म बैंक तथा वित्तीय संस्थाका आवश्यक विभाग खुला राखेर सेवा दिन आग्रह गरेको हो।
हिजो बसेको मन्त्रिपरिषद्को बैठकले ‘जनयुद्ध दिवस’का दिन आज सार्वजनिक बिदा दिने निर्णय गरेको हो। जतिबेला मनलाग्याे उतिबेला विदा दिने सरकारकाे शैलीकाे धेरै जसाेले असन्तुष्टि जनाएका छन् । सार्वजनिक विदाकाे तयारी पहिल्यै गरेर क्यालेनटरमा समेट्नु पर्ने अाम सर्वसाधारणले धारणा व्यक्त गरेका छन् ।