सेयर कारोबार रकमले साताको अन्तिम दिन बिहिबार नयाँ रेकर्ड बनाएको छ। बिहीबार साढे १४ अर्ब रुपैयाँ भन्दा माथिको कारोबार भएर सेयर कारोबारमा नयाँ रेकर्ड कायम भएको हो।
यस अघि एकैदिन १३ अर्ब १७ करोड रुपैयाँको सेयर कारोबार भएको थियो।
मंगलबार नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको समीक्षा कार्यान्वयनका लागि निर्देशन जारी गर्दै बैंक तथा वित्तीय संस्थाहरुलाई सेयर कारोबारमा कडाइ गरेको थियो। राष्ट्र बैंकको निर्देशन पछि बैंकहरुले लघुवित्तको सेयर किन्न नपाउने भएका छन्। अन्य कम्पनीहरुको सेयर खरिद गर्दा पनि कम्तिमा एक वर्ष होल्ड गर्न राष्ट्र बैंकले निर्देशन दिएको थियो।
यस्तो निर्देशनपछि शेयर बजारमा नकारात्मक असर पर्ने अनुमान गरिरहेका बेला बिहिबारको कारोबारले नयाँ रेकर्ड बनाएको हो। यद्यपि लघुवित्त वित्तीय संस्थाहरुको सेयर मूल्य घटेको छ।