सरकारले सोमबार मध्यरातिदेखि संपूर्ण आन्तरिक हवाई उडान बन्द गर्ने निर्णय गरेको छ।
आइतबार बसेको मन्त्रिपरिषद बैठकले कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) को सिफारिसअनुसार वैशाख २० गते राति १२ बजेदेखि आन्तरिक उडान बन्द गर्ने निर्णय गरेको हो।
त्यस्तै भारतबाट हुने सम्पूर्ण उडान स्थगित भएको छ भने ब्राजिल र दक्षिण अफ्रिकाबाट हुने उडान पनि बन्द गर्ने निर्णय भएको छ।
अरु अन्तर्राष्ट्रिय उडान भने मापदण्ड पूरा गरेर कायम राख्ने बैठकले निर्णय गरेको छ।