रुरु जलविद्युतको आईपीओ शुक्रबार बाँडफाँट हुने भएको छ। रुरुले गत चैत २० देखि २४ गतेसम्म खुलाएको आईपीओको बाँडफाँट भोलि हुने भएको हो ।
विक्री प्रवन्धकका रुपमा रहेको एनएमबी क्यापिटलले भोलि आफ्नै प्राङ्गडमा आईपीओ बाँडफाँट गर्ने भएको हो। कम्पनीले सर्वसाधारणका लागि ४ लाख ७ हजार ७०६ कित्ता आईपीओ जारी गरेको थियो ।
कुल वित्तामध्ये ८ हजार १५४ कित्ता कम्पनीका कर्मचारीलाई र २० हजार ३८५ कित्ता सामूहिक लगानीकोषका लागि सुरक्षित गरी बाँकी ३ लाख ७९ हजार १६७ कित्ता सार्वजनिक निष्कासनमा ल्याएको थियो।
कम्पनीले १०० रुपैयाँ अंकित मूल्यमा प्रिमियम २० रुपैयाँमा थप गरी प्रतिकित्ता १२० रुपैयाँमा आईपीओ जारी गरेको थियो। कम्पनीको आईपीओ इक्रा नेपालले समयमै वित्तीय दायित्व पूरा गर्ने सम्बन्धमा गे्रड ३ रेट्रि प्रदान गरेको थियो।
आईपीओ जारी गरेसँगै कम्पनीको चुक्तापूँजी ४० करोड रुपैयाँ पुगेको छ। आईपीओमा १६ लाख ६९ हजार १९ जनाले २ करोड ३३ लाख ९० हजार ९० कित्ताका लागि आवेदन दिएका थिए। यो मागभन्दा ६१ गुणाले बढी हो।