नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले विश्वका अभिकर्ताहरुको अन्तराष्ट्रिय संस्था मिलियन डलर राउण्ड टेबल (एमडीआरटी) बन्न सफल अभिकर्ताहरुलाई सम्मान गरेको छ। शुक्रबार राजधानीको हायात होलटमा आयोजित समारोहकाबीच उक्त सम्मान गरिएको हो।
एमडीआरटी २०२१ मा सहभागी हुन योग्य अभिकर्ताहरुलाई सम्मान गरिएको हो। कम्पनीमा कार्यरत २३८ जना एमडीआरटी, २० जना कोर्ट अफ टेबल र ९ जना टप अफ टेबल गरी २६७ जना अभिकर्ता सहभागिताका लागि योग्य भएका थिए।
कार्यक्रममा स्वागत गर्दै कम्पनीका उपप्रमुख कार्यकारी अधिकृत सुशिल कुमार चौधरीले एमडीआरटी जस्ता अन्तर्राष्ट्रिय संस्थाहरुमा कम्पनीका तर्फबाट अभिकर्ताहरुले सहभागीता जनाउन पाउँदा अन्तर्राष्ट्रिय जगतमा अनुभव साटासाट हुनुका साथै क्षमता विकास, काम गर्ने उत्प्रेरणा प्राप्त हुने बिश्वास व्यक्त गरे।
कम्पनीका उपमहाप्रबन्धक उमापति पोखरेलले एमडीआरटी २०२१ का लागि योग्य भई सहभागिता जनाउने अभिकर्ताहरुलाई बधाई ज्ञापन गर्दै आगामी दिनमा थप सफलताको कामना गरे।
कार्यक्रमलाई सम्बोधन गर्दै कार्यबाहक प्रमुख कार्यकारी अधिकृत सन्तोष प्रसाईले कम्पनीलाई उच्च राख्न अहोरात्र खटिने सम्पूर्ण अभिकर्तालाई धन्यवाद व्यक्त गर्दै आगामी दिनको सफल यात्राका लागि शुभकामना व्यक्त गरे। समस्यासँग भाग्ने नभई समस्याको सामना गरी डटेर निरन्तर गरिने संघर्षले नै सफलताको शिखर हासिल गर्ने प्रसाईको भनाई थियो।
पेशागत बिमा अभिकर्ता संघ नेपालका उपाध्यक्ष तथा बिमक समिति नेपाल लाइफका अध्यक्ष राजेन्द्र अमात्यले नेपाल लाइफले अभिकर्ताहरुलाई उत्साह र सम्मानको खाँचो महसुस गरी आयोजना गरिएका यस प्रकारका कार्यक्रमले अभिकर्तामाझ जोस र जागरको उर्जा भरी कम्पनीको उचाइले शिखर चुम्न सहयोग पुग्ने विश्वास व्यक्त गरे।
पेशागत बिमा अभिकर्ता संघ नेपालका अध्यक्ष नन्द प्रसाद तिवारीले नेपाल लाइफलाई अग्रणी र अब्बल बीमा कम्पनीका रुपमा निरन्तर देख्न चाहने अभिकर्ताहरुले एकजुट भई काधमा काध मिलाई काम गर्नु पर्ने बताए।
नेपाल लाइफका बरिष्ठ सहायक महाप्रबन्धक दिग्विजय सिंघलले अभिकर्ताहरुको उत्साहजनक साथले कम्पनीले लिएको लक्ष्यलाई दोब्बर बनाउने विश्वास व्यक्त गरे।
कम्पनीका बरिष्ठ सहायक महाप्रबन्धक सोन आले मगरले जीवन जीउनका लागि मात्र नभई जीवन जित्नका लागि हो भनी अभिकर्ताहरुको उत्साह थप्ने भनाइ राखे।
कार्यक्रममा कम्युनिकेसन तथा ब्राण्डीङ विभाग प्रमुख मेघेन्द्र प्रकाश गिरीले कार्यक्रम सफल बनाउनका लागि गरिएका रचनात्मक कार्यको प्रसंशा गरेका थिए।