Main Menu
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाज
  • अर्थ
  • प्रदेश
    • प्रदेश न. १
    • प्रदेश न. २
    • प्रदेश न. ३
    • प्रदेश न. ४
    • प्रदेश न. ५
    • प्रदेश न. ६
    • प्रदेश न. ७
  • विचार
  • खेलकुद
  • कला
  • अन्य
    • अन्तर्वार्ता
    • फोटोफिचर
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • विदेश
    • शिक्षा
    • स्वास्थ्य / जीवनशैली
    • ती दिन
    • पर्यटन
    • भिडियो
Monday, April 19, 2021 | सोमबार, वैशाख ६, २०७८
  • मुख्य समाचार
  • राजनीति
  • विचार
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाज
  • अर्थ
  • प्रदेश
    • प्रदेश न. १
    • प्रदेश न. २
    • प्रदेश न. ३
    • प्रदेश न. ४
    • प्रदेश न. ५
    • प्रदेश न. ६
    • प्रदेश न. ७
  • विचार
  • खेलकुद
  • कला
  • अन्य
    • अन्तर्वार्ता
    • फोटोफिचर
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • विदेश
    • शिक्षा
    • स्वास्थ्य / जीवनशैली
    • ती दिन
    • पर्यटन
    • भिडियो
Search here
अर्थ
  • गृहपृष्ठ
  • अर्थ
चिनियाँ नाकाबाट दैनिक सात कन्टेनर सामग्री भित्रिँदै,निर्यात ठप्प
स्पेसखबर
स्पेसखबर काठमाडौं, २६ फागुन
चिनियाँ नाकाबाट दैनिक सात कन्टेनर सामग्री भित्रिँदै,निर्यात ठप्प
फाइल तस्बिर ।

 

चिनियाँ ल्होसारका कारण बन्द भएको नाका पुनः सञ्चालनमा आएसँगै दैनिकरूपमा उल्लेख्य मात्रामा आयात भएको छ ।
 
नाका पुनः सञ्चालनमा आएसँगै चीनसँगको व्यापारिक दुई नाकाबाट दैनिक सात कन्टेनर सामग्री आयात भएको सम्बन्धित भन्सार कार्यालयले जनाएका छन् । पछिल्लो समय सिन्धुपाल्चोकस्थित तातोपानी भन्सार र रसुवास्थित रसुवागढी भन्सारबाट निर्माणका सामग्रीदेखि तयारी पोशाक भित्रिने गरेका हुन् ।
 
कोरोना तथा चिनियाँ पक्षको अवरोधका कारण धेरै समय नाका बन्द भएका थिए । चिनियाँ ल्होसारका कारण बन्द भएको नाका पुनः सञ्चालनमा आएसँगै दैनिक सात कन्टेनर सामग्री आयात हुँदै आएको रसुवा भन्सार कार्यालयका प्रमुख रामप्रसाद रेग्मीले जानकारी दिए । उनले अनुसार पछिल्लो समय रसुवागढी नाकाबाट उल्लेख्य मात्रामा जलविद्युत्का लागि आवश्यक सामग्री आएको बताए । उनका अनुसार पछिल्ला केही दिनयता उल्लेख्यरूपमा आयात भए पनि साविकमा जस्तो सहजरूपमा आयात भएको छैन । नाकामा कार्यरत सबै कर्मचारीलाई कोरोनाविरुद्धको खोप लगाए पनि चिनियाँ पक्षको अवरोधका कारण आयातमा सहज नभएको उनी बताउँछन् ।
 
“हामीले नाकामा कार्यरत २०० भन्दा बढी कर्मचारीलाई गत महिना नै पहिलो चरणको कोरोनाविरुद्धको खोप लगाइसकेका छौँ । नाकामा कार्यरत श्रमिकलाई स्वास्थ्य सुरक्षा अपनाउँदै छुट्टै राखेका छौँ । कोरोनाविरुद्धको खोप लगाए पनि चिनियाँ पक्षको अवरोधका कारण आयातमा अझै समस्या हुने गरेको छ”, उनले भन्नुभयो, “रसुवा जिल्ला नै दुई महिनायता कोरोना सङ्क्रमणमुक्त हुँदासमेत चिनियाँ पक्षको अवरोध कम भएको छैन ।
 
जति प्रयास गरे पनि चिनियाँ पक्षको विश्वास जित्न नसक्दा आयातमा अवरोध हुने गरेको छ ।” कोरोनाका कारण लामो समयसम्म बन्द रहेको उक्त नाका गत कात्तिकबाट एकतर्फीरूपमा सञ्चालनमा आएको हो । तातोपानी नाकाबाट पछिल्लो समय रासायनिक मल आयात भएको भन्सार कार्यालयले जनाएको छ । ल्होसारपछि नाका पुनः सञ्चालनमा आएयता दैनिक सात चिनियाँ कन्टेनर नेपाल भित्रिने गरेको तातोपानी भन्सार प्रमुख लालबहादुर खत्रीले जानकारी दिए ।
 
उनीका अनुसार सात कन्टेनरमध्ये पाँच कन्टेनरमा रासायनिक मल आयात भएको छ । लामो समयसम्म बन्द रहेको तातोपानी नाका पछिल्लो समय गत कात्तिक १३ गतेबाट पुनः सञ्चालनमा आएको हो । नाका पूर्णरूपमा सञ्चालनमा आए पनि चिनियाँ पक्षको अवरोधका कारण न्यून मात्रामा तातोपानी नाकाबाट सामग्री भित्रिने गरेको व्यवसायीले गुनासो गर्दै आएका छन् ।
 
निर्यात ठप्प
 
रसुवागढी र तातोपानी नाकाबाट न्यून मात्रामा आयात हुँदै आए पनि निर्यात भने ठप्प छ । रसुवागढी नाकाबाट गत वर्षको चिनियाँ ल्होसारदेखि नै निर्यात बन्द भए पनि हालसम्म पुनः सञ्चालन हुनसकेको छैन । चिनियाँ सामग्री आयातमा अवरोध गर्दै आएको चिनियाँ पक्षले निर्यातमा कुनै पहल नगरेको रसुवागढी भन्सार प्रमुख रेग्मी बताउँछन् । “हामीले विभिन्न समयमा निर्यातको पहल गर्दै आएका छौँ तर चिनियाँ पक्षले चासो नदेखाउँदा एक वर्षदेखि निर्यात बन्द भएको छ”, उनले भन्नुभयो । रसुवागढी नाकाबाट एक वर्षदेखि निर्यात बन्द भए पनि भूकम्पपछि तातोपानी नाकाबाट निर्यात ठप्प छ ।
प्रकाशित मिति: बुधबार, फागुन २६, २०७७, १०:३२:००
स्पेसखबर
स्पेसखबर @spacekhabar
लेखकबाट थप
  • विद्यालय बन्द गर्न सञ्चालकहरू किन आलटाल गर्दैछन् ?
  • भेरी अस्पतालमा उपचाररत तीन जना कोरोना सङ्क्रमितको राति मृत्यु
  • सांसद पद खारेजसँगै मन्त्रीबाट हटेका बादलले साँझ पुनः शपथ लिँदै
  • पानी परेपछि अधिकांश भागकोे डढेलो निभ्यो
  • काेराेनाकाे रोकथाम र नियन्त्रणका लागि प्रधानमन्त्रीले गरे सबै दलसँग सहयोगको आग्रह
  • भारतबाट फर्किएका १५ नेपालीमा कोरोना
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित शिर्षक
रुरु जलविद्युतको आईपीओ  भोलि बाँडफाँट हुने
रुरु जलविद्युतको आईपीओ भोलि बाँडफाँट हुने
दुई अर्ब लगानीमा खाद्य बैंक स्थापना
दुई अर्ब लगानीमा खाद्य बैंक स्थापना
कानून परिमार्जन गरेर भएपनि निर्माण व्यवसायलाई समृद्ध बनाउन सरकार तयार:मन्त्री नेम्बाङ
कानून परिमार्जन गरेर भएपनि निर्माण व्यवसायलाई समृद्ध बनाउन सरकार तयार:मन्त्री नेम्बाङ
निर्माण व्यवसायी महासंघको २२ औं साधारण सभा भाेलिदेखि शुरु हुँदै
निर्माण व्यवसायी महासंघको २२ औं साधारण सभा भाेलिदेखि शुरु हुँदै
सिंगटी हाइड्रोको आइपिओ बाँडफाँट
सिंगटी हाइड्रोको आइपिओ बाँडफाँट
वायुसेवा निगमको सञ्चालक समितिमा प्रधान नियुक्त
वायुसेवा निगमको सञ्चालक समितिमा प्रधान नियुक्त
  • ताजा समाचार
  • ट्रेण्डिङ
विद्यालय बन्द गर्न सञ्चालकहरू किन आलटाल गर्दैछन् ?
विद्यालय बन्द गर्न सञ्चालकहरू किन आलटाल गर्दैछन् ?
भेरी अस्पतालमा उपचाररत तीन जना कोरोना सङ्क्रमितको राति मृत्यु
भेरी अस्पतालमा उपचाररत तीन जना कोरोना सङ्क्रमितको राति मृत्यु
सांसद पद खारेजसँगै मन्त्रीबाट हटेका बादलले साँझ पुनः शपथ लिँदै
सांसद पद खारेजसँगै मन्त्रीबाट हटेका बादलले साँझ पुनः शपथ लिँदै
पानी परेपछि अधिकांश भागकोे डढेलो निभ्यो
पानी परेपछि अधिकांश भागकोे डढेलो निभ्यो
काेराेनाकाे रोकथाम र नियन्त्रणका लागि प्रधानमन्त्रीले गरे सबै दलसँग सहयोगको आग्रह
काेराेनाकाे रोकथाम र नियन्त्रणका लागि प्रधानमन्त्रीले गरे सबै दलसँग सहयोगको आग्रह
भारतबाट फर्किएका १५ नेपालीमा कोरोना
भारतबाट फर्किएका १५ नेपालीमा कोरोना
गर्मी बढेसँगै तराईका जिल्लामा लामखुट्टेको प्रकोप बढ्यो
गर्मी बढेसँगै तराईका जिल्लामा लामखुट्टेको प्रकोप बढ्यो
प्रधानमन्त्री ओलीले बाेलाएकाे सर्वदलीय बैठकमा प्रचण्ड गएनन्
प्रधानमन्त्री ओलीले बाेलाएकाे सर्वदलीय बैठकमा प्रचण्ड गएनन्
गण्डकी प्रदेशका मुख्यमन्त्री बिरुद्ध अबिश्वास प्रस्ताब दर्ता, नयाँ मुख्यमन्त्रीमा कृष्णचन्द्र नेपालीको नाम प्रस्ताब 1
गण्डकी प्रदेशका मुख्यमन्त्री बिरुद्ध अबिश्वास प्रस्ताब दर्ता, नयाँ मुख्यमन्त्रीमा कृष्णचन्द्र नेपालीको नाम प्रस्ताब
रुरु जलविद्युतको आईपीओ  भोलि बाँडफाँट हुने 2
रुरु जलविद्युतको आईपीओ भोलि बाँडफाँट हुने
‘कम्युनिष्टको खोल ओढेर विदेशीको ईशारामा कम्युनिष्ट सिध्याउने ओली हुन्’ 3
‘कम्युनिष्टको खोल ओढेर विदेशीको ईशारामा कम्युनिष्ट सिध्याउने ओली हुन्’
अबिश्वास प्रस्ताब आउने भएपछि मुख्यमन्त्री गुरूङद्धारा प्रदेश सभा अधिवेशन अन्त्य 4
अबिश्वास प्रस्ताब आउने भएपछि मुख्यमन्त्री गुरूङद्धारा प्रदेश सभा अधिवेशन अन्त्य
देउवालाई भेट्न भट्टराई र यादब बुढानीलकण्ठमा 5
देउवालाई भेट्न भट्टराई र यादब बुढानीलकण्ठमा
सूचना - प्रविधि थप
कोरोनाविरुद्ध खोप विकास नभएसम्म विश्व पहिलेकै अवस्थामा फर्किन नसक्ने बिल गेट्सको चेतावनी कोरोनाविरुद्ध खोप विकास नभएसम्म विश्व पहिलेकै अवस्थामा फर्किन नसक्ने बिल गेट्सको चेतावनी
इन्टरनेट नचले पैसा मिनाहा !
क्यान इन्फोटेक फागुन २ गतेदेखि
ग्लोबल थप
भारतमा एक नेपालीको हत्या भारतमा एक नेपालीको हत्या स्पेसखबर बैतडी घर भएका एक नेपालीको भारतमा हत्या भएको छ । हत्या हुनेमा बैतडीको तल्लोस्वराडका ४८ वर्षीय लोकेन्द्र चन्द रहेको प्रहरीले जनाएको छ ।
नेपाली मूलका शर्मा दुईतिहाइ मतसहित मेयरमा निर्वाचित
नेपाली मूलका शर्मा दुईतिहाइ मतसहित मेयरमा निर्वाचित स्पेसखबर
कामदार तत्काल जापान जान नपाउने
कामदार तत्काल जापान जान नपाउने स्पेसखबर
सम्पर्क

लिवरल मिडिया प्रा.लि.

काठमाडौं - २९, अनामनगर

सूचना विभाग दर्ता नं. १०९८/०७५–७६

टेलिफोन

+977-1-57 055 62

ईमेल ठेगाना

spacekhabar@gmail.com
marketing.spacekhabar@gmail.com
हाम्रो टीम
सम्पादक रामजी दाहाल
बरिष्ठ संवाददाता मुक्तिबाबु रेग्मी भिम थापा
संवाददाता विनिल बस्नेत
प्रदेश प्रतिनिधि कुमोद अधिकारी (विराटनगर) रोहित कुमार महतो (जनकपुर) शिवकुमार रिजाल (हेटौंडा) बिक्रम खड्का (बुटवल) श्रवण देउवा (धनगढी)
ग्लोबल सुरेशचन्द्र पोखरेल (अमेरिका) शिशिर ढकाल (अष्ट्रेलिया) पुष्प थापा (जर्मनी) सन्दर्भ आचार्य (जापान)
मेनु
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थ
  • प्रदेश
  • विचार
  • खेलकुद
  • भिडियो ग्यालरी
सोसल मिडिया
Facebook Twitter YouTube Google+
© स्पेसखबर प्रा.लि.. -2021 All rights reserved. Site by: SoftNEP