नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले खुल्ला प्रतिष्पर्धामा जान सहकारी बैंकलाई सुझाव दिएका छन्।
नेपाल सहकारी बैंक लिमिटेको शनिबार राजधानीमा आयोजित भेला उद्घाटन गर्दै उपसभापति निधिले मुलुक संघीयतामा गइसकेको अवस्थामा प्रतिष्पर्धामा जान सहकारी बैंकलाई सुझाव दिएका हुन्।
उनले सहकारीको पहुँच बिस्तारमा समस्या देखिएको भन्दै लक्षित बर्गसम्मको पहुँच बढाउनुपर्नेमा जोड दिए। निधिले खुल्ला र प्रतिष्पर्धात्मक अर्थनीति भने पनि व्यवहारमा लागू हुन नसकेको उल्लेख गरे।
निधिले नेपालको आर्थिक क्षेत्रमा क्रान्तिकारी परिवर्तन ल्याउन सहकारी क्षेत्रको भूमिका अपरिहार्य रहेको बताए। उनले प्रजातान्त्रिक सिद्धान्तसँग सहकारी अभियान आवद्ध रहेको स्मरण गराए।