नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले आफ्ना शेयरधनीलाई ५१ प्रतिशत लाभांश दिने निर्णय गरेको छ।
कम्पनीले आर्थिक वर्ष २०७५र७६ को नाफाबाट ३१ प्रतिशत शेयर लाभांश र २० प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो।
कम्पनीले १ करोड ७० लाख ३८ हजार ९८ दशमलव ५१ कित्ता बराबरको शेयर लाभांश र १ अर्ब ९ करोड ९१ लाख ४९ हजार ७ सय १९ बराबरको नगद लाभांश दिने प्रस्ताव गरेको मंगलबार जनाएको हो।यसरी प्रस्ताब गरिएको लाभांस बीमा समिति र कम्पनीको वार्षिक साधारणसभाबाट पारित भएपछि वितरण गरिनेछ।
जीवन बीमा कम्पनीहरूमध्ये करिब एक तिहाई बजारहिस्सा ओगटेको यस कम्पनीको जीवन बीमा क्षेत्रकै सर्वाधिक करिब ५ अर्ब ५० करोड रहेको चुक्तापूँजी लाभांश वितरण पश्चात् ७ अर्ब १९ करोड हुनेछ।। त्यस्तै, कम्पनीको जीवन बीमा कोष ९४ अर्ब ८२ करोड रुपैयाँ र शेयरधनी कोष ९ अर्ब ७७ करोडभन्दा बढी रहेको छ।
कम्पनीले यस आर्थिक वर्षको मंसिर समान्त सम्ममा कुल १३ अर्ब ३१ करोड बीमा शुल्क संकलन गरेको छ।