चार बर्षअघि १८८१ को उच्च बिन्दुको रेकर्ड तोड्दै शेयर बजार परिसूचक नेप्सेले साताको अन्तिम दिन बिहिबार नयाँ रेकर्ड कायम गरेको छ।
कारोबार शुरु भएको डेढ घण्टामा १९२६ अंक पुगेको नेप्से बजार बन्द हुँदा १९९३ बिन्दुमा आइपुेको छ।
शेयर परिसूचकमात्र होइन, कारोबार रकमका हिसाबले पनि बिहिबार नयाँ रेकर्ड कायम गरेको छ। बिहिबार रु. ७ अर्ब ६१ करोड ३० लाख ३० हजारको शेयर किनबेच भएको छ। १ करोड ७१ लाख ८८ हजार ९९ कित्ता शेयर किनबेच भएको छ। जसमध्ये बैंक र हाइडो पावरका शेयरधनीले धेरै रकम कमाएका छन्।
यसअघि नेप्से सूचक २०७३ साउन १२ गते १८८१ को सबैभन्दा उच्च विन्दुमा पुगेको थियो।