धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचकले बिहिबार नयाँ रेकर्ड बनाएको छ। लगातार उकालो लागेको बजार परिसूचक नेप्सेमा दोहोरो अंकको वृद्धि भएको छ भने कारोबारले अहिलेसम्मकै नयाँ रेकर्ड बनाएको हाे।
नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्सेमा ३६.३२ सुधार आएपछि एक हजार ७७८.१२ बिन्दुमा पुगेको हो। यस्तै सेन्सेटिभ परिसूचकसमेत ४.९८ विन्दुले बढेर ३४३.०७ मा पुगेको छ।
बिहिबार १९८ कम्पनीको एक करोड ४० लाख ६२ हजार ५०७ कित्ता शेयर ६ अर्ब ११ करोड ६७ लाख ३० हजार ७१ रुपैयाँमा खरिद बिक्री भए। कारोबार भएका १२ उपसमूहको शेयर उकालो लागेको छ।
बैंकिङ २.७१, व्यापार १९८.४, होटल १८१.६३, विकास बैंक २८.९९, जलविद्युत् २१.६३, वित्त १३.७६, निर्जीवन बीमा ३९९.१६, उत्पादन २०४.७३, अन्य ५८.१५, लघुवित्त ४६.३८, जीवन बीमा ३७६.१५ र सामूहिक लगानी कोष ०.०७ अङ्कले उकालो लागेको हो। कारोबारका आधारमा नेपाल पुनर्बीमा कम्पनी अग्रस्थानमा छ। जसको ४१ करोड आठ लाख ४५ हजार ३१० रुयैयाँ बराबरको कारोबार भयो।
यस्तै, हिमालयन डिस्टिलरी २७ करोड सात लाख ५३ हजार ५३९, नेपाल लाइफ इन्स्योरेन्स २६ करोड १२ लाख ९९ हजार ६५१, नेशनल लाइफ इन्स्योरेन्स कम्पनी १८ करोड ४३ लाख १७ हजार ४०९, नेपाल दूरसञ्चार कम्पनी १७ करोड ३१ लाख ५६ हजार १५२, नेको इन्स्योरेन्स १६ करोड ७७ लाख ९५ हजार ५३७, शिवम् सिमेन्ट १६ करोड १८ लाख ६२ हजार ७६७ र एनआइसी एशिया बैंक १५ करोड ६० लाख ८० हजार रुपैयाँ बराबरको कारोवार भएको छ।
यस्तै कारोबारका आधारमा युनिलिभर नेपाल १०, तारगाँउ रिजेन्सी होटल १०, हिमालयन डिस्टलरी ९.९९, बोलर्स नेपाल तराई ९.९९, विशाल बजार कम्पनी ९.९८, साल्ट ट्रेडिङ कर्पोरेशन ९.९४, नेको इन्स्योरेन्स ९.९४, नेशनल लाइफ इन्स्योरेन्सका लगानीकर्ताले ९.९४ प्रतिशतले कमाए।
त्यस्तै, प्रभु बैंकको ऋणपत्र २.२९, सनराइज म्युचअल फण्ड २.१८, एसबीएल ऋणपत्र १.९८, रैराङ हाइड्रोपावर १.९२, ग्लोबल आइएमई ऋणपत्रका लगानीकर्ताले १.९२ प्रतिशत गुमाएका छन्।