नेपाल चीनको प्रमुख व्यापारिक नाका तातोपानी नाका संचालनमा आएको छ। नेपाली र चिनियाँ अधिकारीबीच भएको सहमतिअनुसार ८ महिनापछि तातोपानी नाका सञ्चालनमा आएको हो।
यो सँगै तातोपानी नाकाबाट आइतबारदेखि चिनियाँ सामग्री भित्रिन शुरु भएको छ। । भन्सार जाँचपासपछि केही दिनमै ती सामग्री काठमाडौँ पठाइने भन्सार कार्यालयले जनाएको छ।
सामान भित्र्याउँदा कोरोनबाट सुरक्षित रहन भन्सार कार्यालयले सामान लोड, अनलोड गर्न छुट्टै व्यबस्था गरेको छ।
तातोपानीसँगै रसुवा नाका पनि खुलेको छ। यी दुबै नाका खुलेपछि दशैंतिहार जस्ता चाडपर्वमा नेपाली उपभोक्ताले सस्तो मूल्यमा लत्ताकपडा पाउने छन्।