राष्ट्रिय वाणिज्य बैंकको २४१ औं नयाँ शाखा कार्यालय सुर्खेतको वीरेन्द्रनगरमा खुलेको छ ।
कर्णाली प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालाले आइतबार एक कार्यक्रमकाबीच उक्त शाखा कार्यालयको उद्घाटन गरेका हुन ।
उक्त अवसरमा मन्त्री ज्वालाले बैंक नाफामा मात्र लाग्नु हुँदैन सेवाभावले पनि काम गर्नुपर्नेमा जोड दिए । सरकारको कार्यक्रमहरु कार्यान्वयन गर्नका लागि बैंक मार्फत नै गरिने हुँदा निम्न तथा मध्यमवर्गीय आय भएका मान्छेका लागि बैंकसँग सहकार्य गरेर अगाडि बढ्ने मन्त्री ज्वालाले बताए ।
उनले कोरोना संक्रमणको समयमा पनि बैंकले शाखा विस्तार गरी कर्णालीबासीलाई थप बैंकिङ्ग सेवा उपलब्ध गराएकोमा बैंक परिवारलाई धन्यवाद व्यक्त गरे ।
यस्तै, नेपाल राष्ट्र बैंक कर्णाली प्रादेशिक कार्यालयका प्रमुख डा. शालीकराम पोख्रेलले ग्राहकको चापलाई ध्यानमा राख्दै नयाँ शाखा खोलिनु समय सापेक्ष रहेको बताए ।
त्यस्तै, बाणिज्य बैक कर्णाली प्रादेशिक प्रबन्धक रामकुमार थापाले राष्ट्र बैंकप्रति ग्राहकको रुची दैनिक रुपमा बढ्दै गएको अवस्थामा नयाँ शाखा कार्यालय सञ्चालबाट सबैलाई सहज हुने विश्वास व्यक्त गरे ।नयाँ शाखा कार्यालयमा लकर सहितको सुविधा रहेको छ।