सरकारले असार १७ गतेदेखि आन्तरिक उडान खुला गर्ने तयारी गरेको छ ।विभिन्न विमान कम्पनीका प्रमुखहरूकाे अाइतबार प्राधिकरणमा भएको बैठकमा अान्तरिक उडान खाेल्ने सहमति भएकाे हाे ।
पहिलो चरणमा असार १७ देखि काठमाडौं र हिमाली तथा पहाडी रुटको उडान खोल्ने र साउनबाट भने देशभरका सबै स्थानको उडान खुल्ला गर्ने तयारी गरिएकाे छ ।
नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक राजन पोखरेलसहितकाे बैठकमा बुद्ध एयरका प्रबन्ध निर्देशक वीरेन्द्रबहादुर बस्नेत, श्री एयरलायन्सका प्रबन्ध निर्देशक सुधीर मित्तल र यति एयरलायन्सका सीइओ उमेश राईसमेत सहभागि थिए ।
सरकारले चैत ९ गतेदेखि व्यवासायिक अन्तर्राष्ट्रिय उडानमा रोक लगाएको छ भने चैत ११ देखि आन्तरिक उडान पनि रोकिएका छन् ।