कोरोना भाइरसको संक्रमणका कारण तीन सातादेखि लकडाउन भएपछि खासगरी शहरबजारबासी अधिकांशको दैनिकी टेलिभिजन हेर्ने, मोबाइलमा भुल्ने अथवा सामाजिक सञ्जालमा बितेको छ।
सिर्जनात्मक काममा आफूलाई व्यस्त बनाउनेहरु कमै छन्। तिनै कम मध्येका एक हुन्, टेलिभिजनकर्मी कृष्णदेव रुपाखेती। उनी बिगत १९ बर्षदेखि संचारकर्मीका रुपमा कार्यरत छन्। यो अवधिमा उनले ५ सय भन्दा बढी म्युजिक भिडियो, वृत्तचित्र, टेलिभिजन विज्ञापन तथा विभिन्न टेलिभिजनसंग सम्बन्धित कार्यक्रम निर्देशन गरिसकेका छन्।
कीर्तिपुर नगरपालिका वडा नम्बर ४ सल्यानस्थान स्थायी घर भएका रुपाखेती लकडाउनको समयलाई सिर्जनशील काममा खर्च गरिरहेका छन्।
त्यसो त लकडाउन सामान्य अबस्थामा पनि उनी फुर्सका बेला र बिहान बेलुका माटोसँगै खेलिरहेका हुन्थे। आफूमात्र होइन, छोराहरुलाई पनि आफूसँगै कृषि कर्ममा लगाएका छन्।
रुपाखेतीकी श्रीमतिको त उनलाई सधैं साथ र सहयोग रहदै आएको छ। उनले पाँच वर्ष अघिदेखि आफ्नै जग्गामा व्यबसायीक तरकारी खेती शुरु गरेका थिए। पछिल्लो समय थप १२ रोपनी जग्गा भाडामा लिएर उनी व्यबसायीक तरकारी खेती गर्दै आएका थिए। तर दुई वर्षअघि भाडाको जग्गा प्लटिङ गरिएपछि आफ्नै ५–६ रोपनी जग्गामा श्रीमती प्रमिला र उनी कृषिकर्ममा रमेका छन्। उनको प्रतिज्ञा अर्गानिक फार्मले मौसमी तरकारी खेती उत्पादन गर्दै आएको छ।
श्रीमति प्रमिलाले कृषि विभागमार्फत प्रदान गरिएको कृषि सम्बन्धी विभिन्न तालिमसमेत लिएकी छन्। आधुनिक प्रविधिको विकाससँगै बालबालिकाको ध्यान पछिल्लो समय इन्टरनेटको माध्यमबाट खेलिने विभिन्न गेममा केन्द्रित भएको छ। जसका कारण उनीहरुमा शारीरिक तथा मानसिक असर पर्न गएको छ। यो बास्तबिकतलाई ध्यानमा राखेर रुपाखेतीले आफ्ना स्कुले छोराहरुलाई कृषि फार्ममा केन्द्रित गराएका छन्।
बिश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरसका कारण आर्थिक मन्दी आउने पक्का छ। जसबाट नेपाल प्रभााबित नहुने कुरै छैन। संभाबित आर्थिक मन्दीको सामना गर्नका लागि रुपाखेती जस्ता मेहनतीहरुको प्रयासले थोरै मात्रमा भए पनि सघाउने पक्का छ।
यो बास्तबिकतालाई ध्यानमा राखेर नेपाल सरकारले आजैदेखि कृषिको आधुनिकिकरणमा ढिलाई गर्न नहुने रुपाखेती बताउँछन्। संघीय सरकारले स्थानीय सरकारसँग तत्काल समन्वय गरी विगतमा विभिन्न प्लटिङ अथवा अन्य प्रयोजनबाट बाँझो रहेको जग्गालाई स्थानीय जनप्रतिनिधिमार्फत कृषि उत्पादनमा प्रयोग गर्न लगाउनु पर्ने उनको सुझाब छ। गाउँका मानिसहरु शहर केन्द्रित भएका कारण अधिकांश जमिन बाँझोमा परिणत भएको छ। त्यस्तो जग्गामा सम्बन्धित जग्गाधनीलाई खेती गर्नका लागि प्रेरित गर्ने र उसले नगरेमा अन्य किसानलाई खेती गर्न जग्गा उपलब्ध गराउने व्यबस्था गर्न सकिएमा बेरोजगार युवाले रोजगारी पाउने र स्वदेशमै उत्पादन बृद्ध गरी आर्थिक क्षेत्रमा योगदान दिन सकिनेमा उनी बिश्वस्त छन्।
यसरी बाँझो जग्गा उत्पादनमूलक काममा लगाउनका लागि स्थानीय सरकारमार्फत कृषि तालिम, उन्नत बिउबिजन बितरण तथा सहुलियत दरमा ऋण उपलब्ध गराउनु स्थानिय सरकारमार्फत विभिन्न कृषि तालिम, सहुलियत दरमा ऋण तथा उन्नत जातका विउ–बिजनहरु उपलब्ध गराउनु पर्छ।
यसो गरिएमा कृषिमा हामी आत्मनिर्भर त बन्ने छौं नै, साथै खाद्य सामग्रीका लागि बिदेशिने बार्षिक अबौं रुपैयाँ समेत जोगिनेछ। नेपालका नेताहरुले भनेझैं साँच्चै मुलुकमा कृषि क्रान्ति ल्याउने हो भने खेतबारी बेचेर रोजगारीका लागि खाडी मुलुकको तातो बाफमा ज्यान अर्पेर श्रम गरिरहेका नेपालीहरुलाई सुन्दर भबिश्यको सुनिश्चितता गराएर स्वदेश फर्काउनु ढिलाई गर्नु हुदैन। कोरोना भाइरसका कारण यसै पनि ती मुलुकमा रहेका नेपालीहरु अहिले बेरोजगार बनेका छन्। ती बेरोजगार नेपालीलाई स्वदेशमा ल्याएर नेपाली माटोसँग नाता जोड्ने यो नै उपयुक्त समय भएको रुपाखेतीको निष्कर्ष छ।