सरकारले नेपाल राष्ट्र बैंकको गभर्नरमा महाप्रसाद अधिकारीलाई नियुक्त गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले अधिकारीलाई गभर्नर नियुक्त गरेको हो।
अर्थमन्त्री डा. युवराज खतिवडा संयोजकत्वको सिफारिस समितिले नयाँ गभर्नरका लागि अधिकारीसहित डेपुटी गभर्नर चिन्तामणि सिवाकोटी र डा. राजन खनालको नाम सिफारिस गरेको थियो। सिफारिस समितिमा पूर्ब सचिब कृष्णहरि बास्कोटा र पूर्ब गभर्नर बिजयनाथ भट्टराई सदस्य थिए।
नबनियुक्त गभर्नर अधिकारी लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत थिए। उनी राष्ट्र बैंककै डेपुटी गभर्नरबाट अवकाश प्राप्त हुन्।