दैनिक जसाे बढिरहेको सुनको भाउ आज (मंगलबार) भने ह्वातै घटेको छ ।
आज एकै दिन सुनको भाउ दुई हजारले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आज सुन प्रतितोला ७५ हजार पाँच सय कायम भएको छ । चाँदीमा पनि एकै दिन ८० रूपैयाँ घटेको छ ।
अन्तर्राष्ट्रिय बजारमै गिरावट आएको त्यसकाे असर नेपाली बजारको परेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ । गत साताको पहिलो दिन प्रतितोला सुनकाे भाउ ८२ हजार पाँच सय पुगेको थियाे ।