गुहेश्वरी मर्चेण्ट बैंकिङ्ग एण्ड फाइनान्सको बिर्तामोड र पथरीमा नयाँ शाखा शुरु गरेको छ।
विर्तामोड, उद्योग वाणिज्य संघका अध्यक्ष कुमार भट्टराईज्यूबाट र पथरी शनिश्चरे नगरपालिकाका नगर प्रमुख दिलिप कुमार राईले शाखाको उद्घाटन गरेका हुन्। यी दुई शाखापछि प्रदेश नम्बर १ मा सो फाइनान्सको ४ वटा शाखा कार्यालय पुगेको छ।
फाइनान्सको प्रदेश नम्बर २ मा ५ वटा शाखा कार्यालय र एउटा एक्सटेन्सन काउन्टर, बागमती प्रदेशमा ६ वटा शाखा कार्यालय र एउटा एक्सटेन्सन काउण्न्टर, प्रदेश नम्बर ५ मा ३ वटा शाखा रहेका छन्।
प्रदेश नम्बर ५ मा दुई वटा र गण्डकी प्रदेशमा ४ वटा शाखा कार्यालय सिघ्र शुभारम्भ हुने जनाइएको छ।