सुनको मूल्यले मङ्गलबार फेरि नयाँ कीर्तीमान बनाएको छ । तोलामा दुई सय रुपैयाँ बढेर सुनको मूल्य अहिलेसम्मकै महँगो भएको छ ।
सुन मङ्गलबार तोलाको ८२ हजार सात सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । यसअघि गएको आइतबार सुन तोलाको ८२ हजार पाँच सय रुपैयाँमा कारोबार भएको थियो ।चाँदीको भाउ भने तोलामा १० रुपैयाँ घटेर तोलाको आठ सय ८० रुपैयाँमा झरेको छ ।
पछिल्लाे केही समयदेखि सुनकाे मूल्य विश्व बजारमा निरन्तर उकालाे लागिरहेकाे छ। दैनिक जसाे मूल्य बढिरहेका कारण सुन बजारमा किनबेच गर्नेकाे चहलपहल भने कम भएकाे व्यवसायीहरू बताउँछन् ।