निरन्तर उकालो लाग्दै गएको सुनको भाउ दुई दिनदेखि ओरालो लागेको छ। शुक्रबार तोलामा ९ सय रुपैयाँले घटेर ७४ हजार ६ सयमा आइपुगेको छ।
यसअघि ७६ हजार ५ सय रुपैयाँ पुगेर नयाँ रेकर्ड बनाएको सुनको मूल्य पछिल्लो २ दिनदेखि घटेको हो।
अमेरिका र इरानको तनावले बढेको सुनको भाउ तनाव कम भएसँगै ओरालो लाग्न पुगेको हो। बिहीबार प्रतितोला ७५ हजार ५ सयमा कारोबार भएको सुनको मूल्य शुक्रबार ७४ हजार ६ सयमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ।