केही समयदेखि निरन्तर उकालो लाग्दै आएको सुनको सुनको भाउ आज घटेको छ।
आज तोलामा एक हजारले घटेर ७५ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ। बुधबार प्रतितोला ७६ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो।
अमेरिका र इरानको तनावले सुनको मूल्य उच्च मूल्यमा पुगेर पुनः ओरालो लागेको छ।