उखु किसानको बाँकी रकम नतिर्ने व्यापारीलाई पक्राउ गर्न गृह मन्त्रालयले निर्देशन दिएको छ।
कृषि, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयबाट प्राप्त पत्रका आधारमा गृह मन्त्रालयले प्रहरी प्रहरी प्रधान कार्यालयलाई मंगलबार निर्देशन दिँदै बक्यौता नतिर्ने व्यापारीलाई पक्राउ गर्न निर्देशन दिएको हो।
पुरानो बक्यौता पाउनुपर्ने भन्दै पीडित उखु किसानले माइतीघरमा आन्दोलन शुरु गरेपछि सोमबार उद्योग र कृषि मन्त्रालयले उखु किसानको पैसा नदिने व्यापारीमाथि कारबाहीका लागि गृह मन्त्रालयलाई पत्र पठाएको थियो। सोही पत्रका आधारमा गृहले आज प्रहरी प्रधान कार्यालयलाई पत्र पठाएको हो।
बिभिन्न चिनी मिलबाट किसानले १ अर्ब ३३ करोड रुपैयाँ भुक्तानी लिन बाँकी छ । उनीहरुले किसानलाई वर्षदेखि भुक्तानी नदिएको उखु उत्पादक महासंघ र चिनी उद्योग संघले बताएका छन्।
रौतहटस्थित श्रीराम सुगर मिल, अन्नपूर्ण सुुगर मिलले किसानलाई सबैभन्दा धेरै भुुक्तानी दिन बाँकी छ।