सुनको मूल्यले पुरानो रेकर्डलाई भेट्टाएको छ। यसअघि प्रतितोला ७३ हजार ५ सय पुगेको सुनको मूल्यलाई मंगलबारको मूल्यले भेट्टाएको हो। सोमबार प्रतितोला ७३ हजार ३ सय रुपैयाँमा कारोबार भएकोमा मगलबार ७३ हजार ५ सय पुगेको हो।
वैदेशिक रोजगारीमा गएका नेपालीले फर्कदा ल्याउन पाउने सुनको भन्सार मूल्य बढेपछि एकाएक उचाइमा पुगेर ७३ हजार ५ सय पुगेको थियो। त्यसपछि घटेर ७० हजार रुपैयाँसम्म भएकोमा अहिले पुनः उकालो लागेर प्रतितोला ७३ हजार ५ सयमा कारोबार हुँदै आएको छ।