राजस्व अनुसन्धान विभागले पेप्सी उत्पादक कम्पनी वरुण वेभरेजविरुद्ध जिल्ला अदालत काठमाडौंमा मुद्दा दर्ता गरेको छ ।झुट्टा तथा नक्कली कर विजक जारी गरेको पुष्टि भएपछि मुद्दा दायर गरिएको विभागका महानिर्देशक दीर्घराज मैनालीले जानकारी दिए ।
झुट्टा तथा नक्कली मूल्य अभिवृद्धि कर प्रयोग गरी राज्यलाई १ अर्ब २९ करोड ९२ लाख रुपैयाँ हानि नोक्सानी गराएको भन्दै विभागले वेभरेजका अमित गुप्तासहित ७ जना उपर करिब २ अर्ब रुपैयाँ जरिबाना र ३ वर्ष कैद सजायको माग गर्दै बिहीबार जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो ।
वेभरेजका वर्तमान तथा पूर्व सञ्चालकहरु अमित गुप्ता, रविकान्त जयपुरिया, रोहित कोहली, प्रविणकुमार अग्रवाल, विनादेकुमार सिंह र अशोक कुमारबाट बिगोको दोब्बरसम्म जरिवाना र ३ वर्ष कैद सजाय माग दावी गरिएकाे छ ।
राजस्वले गत वर्षदेखि नक्कली भ्याट बिल प्रयोग गरेको आशंकामा झन्डै ९ सय भन्दा बढी कम्पनीमाथि छानबिन गरिरहेको छ।