नेपाली बजारमा सुनचाँदीको भाउ घटबढ भइरहनु सामान्य हो । आज साताको पहिलो दिन सुनाचाँदी दुवैको भाउ बढेको छ । अघिल्लो दिनको तुलनामा सुन प्रतितोला ५ सय रुपैयाँ र चाँदी ५ रुपैयाँका दरले बढेको छ । बिहेका लगनका बेला ह्वात्तै सुनचाँदीको भाउ बढ्दा खरिद गर्नै पर्ने बाध्य नेपाली उपभोक्तालाई भने मार परेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ७१ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन अर्थात् शुक्रबार र शनिबार नेपाली बजारमा छापापावाल सुन प्रतितोला ७० हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै साताको पहिलो दिन तेजाबी सुन प्रतितोला ७१ हजार रुपैयाँमा कारोबार भइरहेको छ । तेजाबी सुन अघिल्लो साता प्रतितोला ७० हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।
यता चाँदीको भाउ पनि प्रतितोला ५ रुपैयाँका दरले बढेको छ । आज नेपाली बजारमा चाँदीको भाउ प्रतितोला ८ सय ४५ रुपैयाँ कायम छ । अघिल्लो दिन चाँदी प्रतितोला ८ सय ४० रुपैयाँमा कारोबार भएको थियो ।
व्यवसायीहरुका अनुसार सुनचाँदीको भाउ बढ्दा उपभोक्ताको आगमन कम हुने यद्यपि आवश्यक पर्नेका लागि किन्नुको विकल्प पनि छैन । साताको पहिलो दिन सुनचाँदीकै भाउ बढ्दा उपभोक्तालाई अफ्ठयारो परेको छ । बिहे लगनको महिना मानिने मंसिरमा सुनचाँदी खरिद-बिक्री राम्रैसँग हुन्छ । मंसिरलाई सुनचाँदीको कारोबार राम्रो हुने महिना अर्थात् सिजनको महिना पनि मानिन्छ ।