भरतपुर विमानस्थल आजदेखि नियमित सञ्चालनमा आएको छ । नागरिक उड्डयन प्राधिकरण भरतपुरले धावन मार्ग मर्मतका लागि मंसिर १५ देखि विमानस्थल बन्द गरेको थियो ।
धावन मार्ग मर्मत र रङरोगनको काम सकिएसँगै विमानस्थल आजदेखि नियमित भएको हो । धावनमार्गमा मर्मत-सम्भारसँगै कालोपत्रे थप पनि गरिएको छ ।
धावनमार्ग मर्मतसँगै भ्रमण वर्षलाई लक्षित गर्दै विमानस्थललाई आकर्षक बनाइएको छ । भरतपुर विमानस्थलबाट दैनिक बुद्ध र यतिका ५/५ जहाजले काठमाडौं र एक-एक जहाजले पोखरा उडान भर्दै आएका छन् ।